नियम
कोषको स्थापना
: (१) आन्तरिक द्वन्द्वबाट रुग्ण भएका तथा व्यावसायिक रूपमा सञ्चालन हुन सक्ने सम्भाव्य क्षमता भएका उद्योगको पहिचान गर्ने र ती उद्योगको पुनरुत्थान गर्ने कार्य समेतको लागि औद्योगिक पुनरुत्थान कोष नाम गरेको एक कोष खडा गरिनेछ ।
(२) कोषमा देहायका रकमहरू जम्मा गरिनेछ ः-
(क) नेपाल सरकारबाट प्राप्त हुने रकम,
(ख) नेपाल राष्ट्र बैङ्कबाट प्राप्त हुने रकम,
(ग) बैङ्क तथा वित्तीय संस्था एवं पुनरुत्थान हुन चाहने उद्यमी व्यवसायीको सहभागिताबाट प्राप्त हुने रकम, र
(घ) अन्य स्रोतबाट प्राप्त हुने रकम ।
(३) यो नियमावली प्रारम्भ भएपछि शुरुमा कोषको सञ्चालनका लागि आवश्यक पर्ने कूल रकममध्ये पचास प्रतिशत रकम नेपाल सरकारबाट र बाँकी पचास प्रतिशतमध्ये नेपाल राष्ट्र बैङ्क र वाणिज्य बैङ्कहरूबाट प्राप्त हुनेछ ।
(४) कोषलाई आवर्ती कोष (रिभल्भिङ्ग फण्ड) को रूपमा सञ्चालन गरिनेछ ।